Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एनएमए निर्वाचन : सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा शेर्पा निर्वाचित

एनएमए निर्वाचन : सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौँ : नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् । शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएका छन् भने उनका प्रतिस्पधाईले २५८ मत ल्याएका छन् ।प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए ।

सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।

कसकाे कति मत ?

  • अध्यक्ष 

फुर गेल्जे शेर्पा: ३४२ (विजयी)

कुल बहादुर गुरुङ: २८८

  • वरिष्ठ उपाध्यक्ष 

ईश्वरी पौडेल: ३४५ (विजयी)

टिका गुरुङ: २५८

  • प्रथम उपाध्यक्ष 

काजी शेर्पा: २५६

मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)

  • द्वितीय उपाध्यक्ष 

बोध राज भण्डारी: ३६८ (विजयी)

धन बहादुर गुरुङ:२३८

  • महासचिव 

राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)

विमल नहर्की: २०९

शिव सापकोटा: ६८

  • सचिव 

चन्दन थापा: ३५८ (विजयी)

ङिमा दिकी शेर्पा: २४४

कोषाध्यक्ष 

ङिमा नुर्बु शेर्पा: ३०४

सुमी लामा: ३०४

(आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )

  • सदस्य: 

माधवकुमार धमला: २७८

केदार न्यौपाने: ३०२

थुप्देन शेर्पा: ३२६

गोकुल थापा: २८८

मुलाल गुरुङ: ३५१

देण्डी शेर्पा: ३११

विक्रम कार्की: ३०६

रिञ्जे शेर्पा: ३०१

देवेन्द्र डंगोल: २९५

दिकी शेर्पा: २८८

निशा भोटे: ३०७

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट