काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।
दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फकिएका हुन् ।
शनिबारको भेटपछि प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको फेसबुकमार्फत जनाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij