Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सीडेनको नेतृत्वका लागि झा र केसी प्यानलसहित मैदानमा

सीडेनको नेतृत्वका लागि झा र केसी प्यानलसहित मैदानमा

काठमाडौँ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) को आठौँ कार्यसमितिका लागि दुई पक्षबिच प्यानलगत प्रतिस्पर्धा हुने भएको छ। सभापति शेरबहादुर देउवा पक्षबाट रवि भूषण झाको नेतृत्वमा प्यानल बनाइएको छ। झाको प्यानललाई नेता प्रकाशमान सिंह लगायत संस्थापन पक्षको समर्थन रहेको छ। सिंह निकटका सुदर्शन शर्मा झाको प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन्।

रवि भूषण झाको प्यानलबाट उपाध्यक्षमा मदन पुरी, उप महासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला उम्मेदवार बनेका छन् । यसैगरी अर्को समूहबाट अध्यक्षका उम्मेदवार धनेन्द्र केसी रहेका छन्। उनलाई नेता प्रदीप पौडेल लगायतको साथ रहेको बताइएको छ ।

केसीको प्यानलबाट उपाध्यक्षमा सागर शमशेर शाही, उप महासचिवमा सन्तोष नेपाल र कोषाध्यक्षमा रश्मिता बञ्जारा उम्मेदवार बनेका छन्। केसी प्यानलको महासचिवका उम्मेदवार भूपेन्द्र श्रेष्ठ रहेका छन्।

नयाँ कार्यसमितिका लागि निर्वाचन आगामी भदौ १४ गते हुने तय भएको छ। सिडेनको महाधिवेशनका प्रतिनिधि ६ हजार ५०० रहेका छन्। सातै प्रदेशबाट मतदान गर्ने व्यवस्था गरिएको छ भने १३ स्थानबाट मतदान हुने भएको छ।

संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार बनेकाझा नेपाल इन्जिनियर्स एशोसिएसनका निवर्तमान महासचिव हुन्। यसैगरी केसी सिडेनका पूर्व उपमहासचिव हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट