काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा आमालाई एउटा विशेष दिनमा मात्र नभएर सधैँ आदर–सम्मान गर्नुपर्ने बताएका छन् । बुबाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले भनेका छन् – 'म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ। आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ। बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो। बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नु पर्छ। '
ओलीले आफ्ना बुबा ९६ वर्षको भए पनि पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्ने अवस्था नरहेको जानकारी दिए । नजिकसम्मका हिँडडुल गर्न सक्ने र कान भने अलि कम सुन्ने ओलीले बताए ।
ओलीले भने -'बुबासँग एकछिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए। उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ। सबैका जीवित पिताहरुलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा। बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना!'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij