Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लिपुलेक विवाद : माओवादी सांसदले भनिन्, ‘हात्तीसँग लड्न परे पनि तयार छौँ’

लिपुलेक विवाद : माओवादी सांसदले भनिन्, ‘हात्तीसँग लड्न परे पनि तयार छौँ’

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले लिपुलेकमा चीन—भारतबिच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कूटनीतिक पहल गर्न सरकारसँग माग गरेकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद चन्दले हात्तीसँग लड्न परे पनि आफूहरू लड्न तयार रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला । हात्तीसे लड्जायेगी चिटीकी टोली । तयारी गर्नुस् । कूटनैतिक पहल तपाईँहरूको पुग्दैन भने नडराउनु होला । म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु । यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन । मूल जरो त कूटनीतिक पहल नै हो ।’

सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरूको अवस्था नाजुक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट