Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कम्पनी ऐन अनुसार दर्ता विद्यालयलाई गुठीमा लैजाँदा पछि अदालतले रोक्न सक्छ : घिमिरे

कम्पनी ऐन अनुसार दर्ता विद्यालयलाई गुठीमा लैजाँदा पछि अदालतले रोक्न सक्छ : घिमिरे

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफूलाई प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक रोक्न आएको आरोप लगाएको बताएका छन् । उनले आफू पूर्व मन्त्री पनि भएको बताउँदै एउटा सांसदले समिति बैठकमा अभिव्यक्त गरेका धारणालाई विधेयक रोक्न आयो भन्नेका धारणालाई पनि आफूले सम्मान गर्ने बताएका हुन् ।

सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा घिमिरेले दक्षिण एसियामा सार्वजनिक विद्यालयको अवस्था सबै देशमा खराब रहेको बताउँदै सुधार्नका लागि ती देशहरूले अँगालेका विधिलाई आत्मसाथ गर्न आवश्यक हुने बताए ।

कम्पनी ऐन अनुसार दर्ता भएका विद्यालयलाई गुठीमा लैजाने व्यवस्था गर्दा पछि अदालतले रोक्न सक्ने भन्दै ध्यान दिनुपर्ने बताए । यो विषय आफूले बहसका लागि मात्रै राखेको भन्दै मिल्ने भए मात्रै राख्न आग्रह गरे ।

सार्वजनिक विद्यालयमा दिनप्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गएको बताउँदै यसलाई सुधार्न के गर्ने भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले उमेर हदका विषयमा सोच्नुपर्ने घिमिरेले बताए । अहिले गरिएको सेवा प्रवेशको ३५ वर्षे उमेरलाई ३८ मा पुर्‍याउँदा उपयुक्त हुन्छ ।

श्यामकुमार घिमिरेशिक्षा समितिको बैठकशिक्षा समितिशिक्षा विधेयक खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट