Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मनाङका प्रमुख जिल्ला अधिकारीको सरुवा

मनाङका प्रमुख जिल्ला अधिकारीको सरुवा

मनाङ :  गृह मन्त्रालयले उपसचिव, प्रमुख जिल्ला अधिकारी भएका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित अन्यको सरुवा गरेको छ । सरुवाकै क्रममा मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यलाई गृह मन्त्रालयमा पदस्थापन गरिएको छ ।

इलाका प्रशासन कार्यालय, फर्पिङमा कार्यरत नवराज पौडेल प्रमुख जिल्ला अधिकारीका रुपमा मनाङ आउँदै हुनुहुन्छ ।

बुधबार सचिवस्तरीय निर्णयबाट १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । उपसचिव प्रमुख जिल्ला अधिकारी हुने मनाङ, सोलुखुम्बु, रसुवा, बाजुरालगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो । सरुवा भएका अधिकांशलाई गृह मन्त्रालय वा सोअन्तर्गतका नियकाहरुमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट