Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बालबालिका सम्बन्धी विधेयक : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बालबालिका सम्बन्धी विधेयक : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाबाट बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले ‘बालबालिका सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पारित भएसँगै संशोधन विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टे समय सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट