Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बस र माइक्रो एकआपासमा ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

बस र माइक्रो एकआपासमा ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

सुनसरी : सुनसरीमा आज बिहान बस र विङ्गर एकपासमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा २ जनाको घटनास्थलमै र उपचारका क्रममा थप एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन ।

घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालक झापा अर्जुनधारा नगरपालिका-१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाइको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट