Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा सार्वजनिक बिदामा चलाइएका ४० सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

चितवनमा सार्वजनिक बिदामा चलाइएका ४० सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

चितवन : शनिबार साप्ताहिक बिदा र आइतबारको सार्वजनिक बिदामा अनुमति नलिई चलाइएका ४० वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको छ । चितवन प्रहरीले बिनाइजाजत बिदाका दिनमा सरकारी सवारीसाधन चलाएको भन्दै प्रहरीले ती सवारीसाधनलाई नियन्त्रणमा लिएको हो ।

पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवाखोलासम्म र नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनदेखि जुगेडीसम्मको क्षेत्रमा चेकजाँच गर्दा बिनाइजाजत चलाइएका ती सवारीसाधन नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । सरकारी गाडीको दुरुपयोग बढेको जनगुनासो आएसँगै बिदाका दिन सम्बन्धित प्रशासन कार्यालयको अनुमति नलिई चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको उनले बताए ।

चितवनको छिमेकी जिल्ला तनहुँ र गोरखा जिल्लास्थित कार्यालयका धेरै सवारीसाधन प्रहरीको नियन्त्रणमा परेका छन् । नियन्त्रणमा लिएका सवारीसाधनले सम्बन्धित प्रशासन कार्यालयको पास ल्याएपछि मात्र छाडिएको प्रहरी निरीक्षक सिंहले बताए। सरकारी सवारीसाधनको दुरुपयोग रोक्न चलाइएको अभियानलाई निरन्तरता दिने उनले बताए । यसका अलवा ट्राफिक नियमको पालना नगर्ने सवारी चालकलाई प्रहरीले नियमित कारबाही गरेको उनको भनाइ छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका निम्ति चितवनमा प्रहरीले सचेतना अभियानसमेत सञ्चालन गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट