Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता

नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता

नवलपुर : चितवनको भरतपुर महानगरपालिका र नवलपुरको गैँडाकोट नगरपालिका जोड्ने नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता भएका छन्। शनिबार साँझ ६ बजेर ५ मिनेट जाँदा उक्त घटना भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।

प्रहरीका अनुसार हाम फालेका पुरुषले पुलमाथि एक झोला छाडेका थिए। झोलाको जाँच गर्दा भित्र बिनयी त्रिवेणी गाउँपालिका–१ (साविक दुम्कीबास–७) निवासी ४३ वर्षीय गिरीराज कंडेलको नाममा जारी नागरिकता प्रमाणपत्र भेटिएको हो।यद्यपि, झोलामा भेटिएको नागरिकताको आधारमा शंका गरिए पनि हाम फालेका व्यक्तिको परिचय अहिलेसम्म औपचारिक रूपमा पुष्टि भएको छैन।

प्रत्यक्षदर्शीका अनुसार ती पुरुष केहीबेर पुलको रेलिङनजिक उभिएर तल हेरेपछि अचानक नदीमा हाम फालेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको छ।नारायणी नदीमा पानीको बहाव तीव्र भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट