Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

‘भेडातन्त्र’देखि ‘मिसन नौटंकी’सम्म : नेता र भ्रष्टाचारमाथि व्यंग्यै व्यंग्य

‘भेडातन्त्र’देखि ‘मिसन नौटंकी’सम्म : नेता र भ्रष्टाचारमाथि व्यंग्यै व्यंग्य

काठमाडौंँ : सडकदेखि सदनसम्मका  विकृतिप्रति खुलेर  व्यङ्गय गर्ने पर्व हो–गाईजात्रा । एकसमय गाईजात्राको  रौनक काठमाडौँ  उपत्यकाको  डबलीहरूमा  सीमित थियो ।त्यो समय विकृतिमाथिको व्यंग्यात्मक प्रहार गर्ने मानिस घन्टौँ हिँडेर निश्चित ठाउँमा पुग्थेँ । बिस्तारै यो व्यंग्य सहरका पे्रक्षालयमा पुग्यो । एक दिनको कार्यक्रम पे्रक्षालयको  प्रवेशसँगै  सातदेखि १५ दिनसम्मका भए । तर, प्रविधिको  विकास र डिजिटल माध्यमको  उदयसँगै गाईजात्राले आफ्नो परम्परागत  मञ्च फराकिलो  बनाएको छ । सडकबाट सुरु भएको यस्तो व्यंग्य अहिले डिजिटलमय भएको छ । विशेषगरी कोरोना महामारीपछि गाईजात्रा डिजिटलमा मौलाएको हो । सो समय भौतिक दूरी अनिवार्य भएको कारण कलाकारले नयाँ बाटो रोजेका हुन् । जसको उपयुक्त प्लेतफर्म बन्यो युट्युब ।

कलाकार मनोज गुरेलदेखि शिवशंकर ‘जोगिन्दर’सम्म सबैका लागि डिजिटल प्लेटफर्म गाईजात्राका नयाँ डबली बने । व्यंग्यले भरिएका भिडियो, प्यारोडी गीत, राजनीतिक घोचपेचदेखि ‘सेलिब्रेटी’का नक्कलसम्म यसमै ल्याउन थालिए । जसलाई अचेल डिजिटल गाईजात्रा भन्न थालिएको छ ।

डिजिटल गाईजात्राको सबैभन्दा राम्रो पक्ष भनेको व्यापक पहुँच हो । यो एकै समय र सहज रूपमा विश्वभर छरिएर रहेकासँग पुर्‍याउन सकिन्छ । दर्शकले घर, अफिस, स्वदेश, विदेश जहाँबाट र जस्तो अवस्थामा पनि हेर्न सक्ने भए ।

डिजिटल प्लेटफर्मको प्रभावकारिताको कारण यो वर्ष पनि केही कलाकारले आफ्नो ‘गाइजात्रे कमेडी (व्यंग्य)’ डिजिटलमा ल्याएका छन् । त्यसरी डिजिटलमा जाईजात्रे कोसेली ल्याउने कलाकार हुन् शैलेन्द्र सिंखडा, जोन्दिर, जीतु नेपाल, कमल गाउँले, रवि डंगोल, रुपेश रेग्मी र गोपाल तिमल्सिना ।

राजनीतिक र सामाजिक व्यंग्य

यस वर्षको गाईजात्रामा पनि कलाकारहरूले डिजिटल माध्यममार्फत राजनीतिक घटनाक्रम, भ्रष्टाचार र सामाजिक विसङ्गतिमाथि घतलाग्दो व्यंग्य प्रहार गरेका छन् । प्रस्तुतिको विषय र शैलीमा भने कलाकारपिच्छे भिन्नता पाइन्छ । केहीले प्यारोडी गीतमार्फत साङ्गीतिक मनोरञ्जन पनि पस्केका छन् ।

https://youtu.be/1RsfFrtrUJU

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट