Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

आदिवासी जनजाति आयोगका सुझावहरु सरकारले १० प्रतिशत पनि कार्यान्वयन गरेन : अध्यक्ष मगर

आदिवासी जनजाति आयोगका सुझावहरु सरकारले १० प्रतिशत पनि कार्यान्वयन गरेन : अध्यक्ष मगर

काठमाडौँ : आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगले दिएका सुझावहरु १० प्रतिशत पनि कार्यान्वयन हुन नसकेको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।

उनले संविधान र कानूनले दिएका आदिवासी जनजातिका अधिकारहरु अझै पूरा हुन नसकेको बताए । उनले आयोगले सरकारलाई सिफारिस गरेपनि १० प्रतिशत पनि सिफारिसहरु कार्यान्वनय नभएको बताए । आयोगले जतिसुकै काम गरेपनि परिणाम कार्यान्वयनमा हुने भएकाले कार्यान्वयनका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने- ‘संविधान र कानूनले दिएका आदिवासी जनजाति अधिकारहरु कार्यान्वयन छन् छैनन् त्यसबारेमा अनुगमन र सरकारलाई सिफारिस गर्ने यो क्षेत्रमा काम गर्दै आएको आदिवासी जनजाति आयोगले प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्युमार्फत नेपाल सरकारलाई बुझाइसकेको छ । चार प्रतिवेदनमा फोटो मात्रै टाँसेको छैन । ६ दर्जन भन्दा बढी सिफारिस गरेका छौँ । तर सरकारबाट त्यसको १० प्रतिशत पनि कार्यान्वयन भएको छैन । त्यतातिर सरकार गम्भीर होस् ।’

अध्यक्ष मगर भने, ‘आयोगले जतिसुकै काम गरेपनि परिणाम कार्यान्वयनमा हुन्छ, कार्यान्वयन नगरे परिणाम देखिँदैन । नेपालका आदिवासी जनजातिले लामो समयदेखि राज्यका नीति नियम र कार्यान्व्यन गर्ने निकायहरुमा श्रम संख्याको समावेशतिाको लागि लढेको छ ।’

अध्यक्ष मगरले आदिवासी जनजातिले चाहेअनुसारको पूर्ण समावेशिता अझै लागू हुन नसकेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट