Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बसको ठक्करबाट ६८ वर्षीय साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट ६८ वर्षीय साइकलयात्रीको मृत्यु

सप्तरी : सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १-०१-००१ ख ४५६० नम्बरको बसले ठक्कर दिदा साइकलमा सवार ६८ वर्षीय बुदुरचौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँदनी चोकमा सडक अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट