Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बडीमालिका दर्शन गरेर फर्किने क्रममा भिरबाट लडेर तीर्थयात्रीको मृत्यु

बडीमालिका दर्शन गरेर फर्किने क्रममा भिरबाट लडेर तीर्थयात्रीको मृत्यु

बाजुरा: बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एकजना तीर्थयात्रीको भिरबाट लडेर मृत्यु भएको छ।मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-५ काठमाडौँका ५२ वर्षीय विप्लव ओझा रहेका छन् । भिरबाट करिब ७ सय मिटर तल खोल्सामा ओझा मृत भेटिएका हुन्।

ओझा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा हुन्।उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट