Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

गुल्मीमा डहरेखोलाको पानी बढ्दा सडक अवरुद्ध

गुल्मीमा डहरेखोलाको पानी बढ्दा सडक अवरुद्ध

गुल्मी  :  पानीको बहाव बढेपछि रुन्द्रावेणी वामी सडक अवरुद्ध भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-६ उल्लीखोलास्थित डहरेखोलामा पानीको बहाव अत्यधिक बढेपछि आज बिहान ६:३० बजेदेखि रुद्रवेणी-वामी सडक खण्डअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।

उक्त स्थानमा जोहाङ प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर बि.क.को कमाण्डमा दुई जनाको टोली खटिएको छ । पनि पानीको बहाव कम नभएसम्म बाटो खुलाउन नसक्ने जानकारी प्रहरीले जनाएको छ ।

डहरे खोलाले मंगलबार कार बगाएको थियो । यो सडक जिल्लाको पुरानो सडकको हो । तर, पक्की पुल अभावमा यहाँका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

यो सडक भएर गुल्मीको विभिन्न स्थानसँगै छिमेकी जिल्ला बागलुङको खरबाङ, बुर्तिबाङ लगायतसम्म पुग्ने सवारीसाधन चल्ने गर्दछन् । त्यस्तै रुरुक्षेत्र -१ साँखरमा सुख्खा पहिरोको कारण खर्ज्याङ रिडि सडक खण्ड अवरुद्ध भएको छ ।

 

पानी परेकोले खुलाउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट