Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सिसन बानियाँको प्रश्न : चिया–बिस्कुट खुवाएर च्याम्पियनको सम्मान हुन्छ ?

सिसन बानियाँको प्रश्न : चिया–बिस्कुट खुवाएर च्याम्पियनको सम्मान हुन्छ ?

काठमाडौँ : भारतको नोयडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएमएन) मा उपाधि जितेका रवीन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा दिइएको सम्मानप्रति भ्लगर सिसन बानियाँले प्रश्न उठाएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ढाँटलाई सम्मान गरेका थिए ।

यसबारे बानियाँले सामाजिक सञ्जालमा गम्भीर असन्तुष्टि पोखेको छन् । उनले लेखेका छन्, ‘इमानदारीपूर्वक भन्दा, च्याम्पियनलाई कुनै सम्मान महसुस भएन । ५ मिनेटको भाषण हानेर, फोटो खिचाएर टाप । हामीलाई चिया बिस्कुट खान भनेर छोडियो ।’

उनले थपे, ‘त्यो कुरूप हलमा ढाँटले एक कप चिया खायो । २० मिनेट सबैसँग सिङ्गल फोटो खिच्यो । के त्यसरी देशको च्याम्पियनलाई सम्मान गरिन्छ ?’ ‘मेरो केटाले धेरै मेहनत गरेको छ । यदि च्याम्पियनबाट केही पब्लिसिटी चाहिन्छ भने हिरोलाई आर्थिक रूपले पनि सम्मान गर !’

526766082_1426641158646434_3376160953486492177_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट