पाल्पा : पाल्पामा यही साउन २८ गतेदेखि भदौ १ गतेसम्म क्लब स्तरीय भएको छ ।रणउर्जेश्वरी भगवती जात्राको अवसरमा तानसेनको टुँडिखेल मैदानमा रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगिता हुन लागेको हो । पाल्पामा हरेक वर्ष विजय उत्सवका रूपमा मनाइने रणउज्जेश्वरी भगवती रथयात्राको अवसरमा ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’ प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिनुभयो ।प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतीय हुनेले ६० हजार र सान्त्वना हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा पुरुष भलिबलतर्फ ८ देखि १० टिम र महिलातर्फ कम्तीमा ५ टिमको सहभागिता रहने आयोजक क्लबका सचिव दीपक चौहानले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij