Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पर्यटकीय स्थल घ्याङस्वारामा चियाखेति

पर्यटकीय स्थल घ्याङस्वारामा चियाखेति

नुवाकोट : नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रसिद्ध पर्यटकीय घ्याङस्वरामा चिया खेती कार्यक्रम सञ्चालन गरिएको छ । उक्त स्थान हावापानी सुहाउँदो रहेका कारण चिया ख्यातिको निकै सम्भावना रहेको ठहरसहित पञ्चकन्या गाँउपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

चियाको नर्सरी स्थापनाको लागि आवश्यक भौतिक निर्माण कार्यहरू गरिएको हो । पञ्चकन्या ४ को पर्यटकीय क्षेत्र घ्याङस्वरा पार्कमा सञ्चालन भइरहेको चिया खेती कार्यक्रमलाई थप प्रभावकारी बनाउन चियाको नर्सरी स्थापनाको कार्य सुरु गरिएको अध्यक्ष तेजबहादुर तामाङ रमेशको भनाई छ ।

राष्ट्रिय रोजगार कार्यक्रम रोजगार सेवा केन्द्र पञ्चकन्या गाँउपालिकामार्फत ककनीस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा पुगेर चिया नर्सरीका लागि चियाको डाला पञ्चकन्या लगिएको छ । पञ्चकन्या गाँउपालिकाकी उपाध्यक्ष विमला पाठक केसीसहितको प्राविधिक टोलीले ककनी पुगेर नर्सरीका लागि चियाको २१ हजार थान चियाको डाला ल्याएर नर्सरी स्थापनाको तयारी अगाडि बढाइएको गाँउपालिकाले जनाएको छ ।उक्त चियाको डालोबाट ७० हजार थान चियाको बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ । पञ्चकन्याको घ्याङस्वारामा दुई रोपनी जग्गामा चियाको नर्सरी स्थापना भइरहेको छ ।

यसबाट स्थानीय उत्पादनलाई सशक्त बनाउने, रोजगारी सिर्जना गर्ने, र पर्यटनसँगै कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने कार्यमा ठुलो टेवा पुर्‍याउने विश्वास लिइएको रोजगार संयोजक सरोजकुमार खाती क्षेत्रीको भनाई छ । उहाँका अनुसार चिया ख्यातिको विकास र प्रवर्द्धनका लागि प्राविधिक मार्गदर्शन, सहयोग उपलब्ध गराउने चिया तथा कफी विकास बोर्डका कार्यालय प्रमुख एकराज सन्जेलले प्रतिबद्धता जनाउनु भएको छ।पञ्चकन्यामा चियासँगै तरकारी तथा फलफूलका लागि पनि नुवाकोट सफल जिल्लामा रूपमा परिणत हुँदै गएको छ । अहिले विभिन्न स्थानमा बर्खे तरकारी खेती भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट