Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

हाई पम्प प्रविधिबाट लिफ्टिङ सिचाई

हाई पम्प प्रविधिबाट लिफ्टिङ सिचाई

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका ११ लवरकोटमा विगत चार वर्षदेखि हाई पम्प प्रविधिबाट लिफ्टिङ सिचाई हुँदै आएको छ । विद्युत् र इन्धन बिना नै सञ्चालन हुने यो सिचाई नेपालकै पहिलो प्रविधि हो । आकासे पानीको भरमा खेती गर्नुपर्ने त्यस क्षत्रका किसानको समस्या नयाँ प्रविधिले सहज बनाएको छ ।

सुन्दा अचम्म लाग्न सक्स विद्युत् र इन्धन बिना नै लिफ्टीङ मेसिन सञ्चालन हुन्छ भन्दा । तर स्याङ्जामा भने विगत चार बर्सदेखि निरन्तर सञ्चालनमा रहेको छ । जिल्लाको गल्याङ नगरपालिका ११ लबरकोटका ७० घरपरिवारका किसानहरूलाई विद्युत् र इन्धन बिना आधुनिक हाई पम्प प्रविधिबाट पानी लिफ्टीङ हुन थालेपछी सहज भएको हो । यो नेपालमै पहिलो लिफ्टीङ सिचाई आयोजना हो । खोला वा नहरको पानीलाई पाइपको माध्यामवाट ट्रवाईनमा खसाली गियरको माध्यमले मोटर घुमाउँदा मोटरले पानी फल्ने प्रविधिको प्रयोग गरेर कृषकले उत्पादन गर्दै आएका छन् ।

करिब ९० लाखको लागतमा २४ घण्टा सञ्चालन हुने गरी चार वर्ष अघि सुरु गरिएको हो । जिल्ला सिचाई कार्यालय स्याङ्जा र आधिखोला बहुउदेयीय पानी उपभोक्ता संस्था आक्वाको समन्वयमा आटिस्टा कम्पनीले निमार्ण सम्पन्न गरेको हो । सिचाइका लागी पर्याप्त पानी अभावका कारण आधुनिक कृषि नारामा मात्र सीमित हुँदा हाई पम्प विधि राम्रो देखिएको छ । एक सय पचास लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्ने यो प्रविधिले २० हेक्टर जमिन सिँचाइ गर्दछ । ६० मिटरको दुरीमा पानी पम्पीङ गरी १२ सय मिटरको दुरी सम्म सजिलै पानी लिफ्टिङ हुने हुँदा कृषकका लागी निकै प्रभावकारी बनेको जलस्रोत तथा सिचाई डिभिजन कार्यालय प्रमुख किरण आचार्य बताउनुहुन्छ ।जिल्लामा नयाँ प्रविधि भित्रिए सँगै विद्युत् र इन्धनमा खर्च हुने लाखौँ रकम मात्र बचेको छैन गाउँमा कृषि उत्पादन गर्ने किसानको सङ्ख्या समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट