धादिङ : कुनै समय पहिरोको कारण पृथ्वी राजमार्ग बन्द हुने प्रमुख स्थानको रूपमा चर्चा कमाएको धादिङको कृष्ण भिर अहिले सडक व्यापारीहरूको आम्दानी प्रमुख थलो बनेको छ ।विशेष गरी थोरै लगानीमा आफ्नै देशमा बसेर केही गर्छु भन्ने युवाहरूको कमाई गरी खाने प्रमुख थलो बन्दै गएको पृथ्वी राजमार्गका क्षेत्र मध्ये कृष्ण भिर भने चर्चासँगै युवाहरुले कमाई गर्ने थलो बनेको हो । यहाँ सिजन अनुसारको स्थानीय उत्पादन मकै, काँक्रो,केरालगायत अन्य कृषि उपज बिक्री गर्ने थलो बन्दै गएको छ ।
पछिल्लो समय थोरै लगानीमा सानो ब्यवसाय गरी बस्ने युवाहरूका लागी राजमार्गका छेउ छाउ आम्दानीको निकै राम्रो थलो बन्दै जान थालेको छ । धादिङको कृष्ण भिर क्षेत्रमा पनि अहिले यस्तो ब्यवसाय निकै फस्टादै जान थालेको छ । विशेष गरी कोरोना सङ्क्रमणको समय पछि पृथ्वी राजमार्ग छेउ छाउमा स–सासना पसलहरू खुल्ने क्रम बढेको छ । राजमार्गका छेउ छाउमा स्थानीय कृषि उत्पादन बिक्री गर्ने यस्ता पसलहरूले निकै राम्रो आम्दानी दिने भए पछि स्थानीय युवाहरूको आकर्षण बढेको हो । उनीहरूले थोरै लगानीमा आफ्नै गाउँ घरमा उत्पादन भएको केरा,काँक्रा मकै बिक्री गर्ने गरेका छन् ।

पृथ्वी राजमार्ग हुँदै सङ्घीय राजधानी काठमाण्डौ लगायत देशका विभिन्न भागमा आवत जावत गर्ने यात्रुहरूले पनि पछिल्लो समय यस्तो स्थानीय उत्पादनको बिक्री गर्ने स–साना पसलहरू यात्रा गर्दा खाजाको रूपमा मकै काँक्रोलगायत केरा जस्ता बस्तुहरु खाने गरेका छन् । यसले एकातिर गाउँ घरमा घरायसी प्रयोजनका लागी उत्पादन गरेको तर आफूले उपभोग गरेर बढी भएको खेर जाने बस्तुहरू बिक्रीबाट आम्दानीको बाटो समेत युवाहरूले बनाएका छन् । यससँगै थोरै लगानी र मिहिनेतको भरमा गरिएका यस्ता व्यवसायले बिहान बेलुकीको घर खर्च जोहो मात्रै नभई बालबालिकाहरूलाई राम्रो विद्यालय पढाउन समेत पुग्ने गरेको स्थानियको भनाई छ ।
दैनिक यसरी ब्यपार गर्नेहरूले एक हजार देखी पन्ध्र सयसम्म फाईदा हुने गरेको बत्ताउँछन् । स्तोरउन्नती सहित निर्माणाधीन अवस्थामा रहेको पृथ्वी राजमार्गको सो क्षेत्रमा सडक निर्माण पछि आफूहरूलाई व्यवसाय गरेर बस्ने ठाउँको पनि उचित व्यवस्थापन गरिदिएको खण्डमा झनै राम्रो हुने सडक व्यापारीहरूको माग रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij