पाल्पा : खानी तथा भूगर्भ विभागले खानी स्थलमा तौल मेसिन (धर्मकाटा) राख्न दिएको निर्देशनलाई पाल्पाका चुनढुंगा उद्योगले अटेरी गर्दै आएका छन् ।खानी तथा भूगर्भ विभागले सुशासन तथा पारदर्शिताको लागि लागि भनेर २०७९ साल पुष १ गते देखि लागु हुने गरी खानी स्थलमा अनिवार्य तौल पुल राख्न निर्देशन दिएको भए पनि जिल्लामा सञ्चालित खानी चुनढुंगा उद्योगले विभागको निर्देशन पालन नगरेको भेटिएको हो ।
चुनढुंगाको रोयल्टी स्थानिय निकाय सम्म पुग्ने भएपनि खानी सञ्चालकले स्थानिय निकायका जनप्रतिनिधीलाई आर्थिक प्रभावमा पार्ने गरेका कारण यहाँका निस्दी, माथागढी तिनाउ, रैनादेवी छहरा गाउपालिकाले खानी स्थलको अनुगमन कार्यलाई प्राथमिकता नदिएको खानि प्रभावित क्षेत्रका स्थानिय राजेश श्रेष्ठको भनाई छ ।खानी विभाग, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालयले अनुगमनतर्फ वेवास्ता गर्दा वार्षिक रुपमा ठुलो परिमाणमा राजश्व चुवाहट हुँदै आएको छ ।
चीन सरकारको लगानीमा सञ्चालित होन्सी सिमेन्ट उद्योग, कञ्चन कोइरिज, सर्वोत्तम, अर्घाखाँची देखि जिल्लामा सञ्चालित दर्जन बढी चुनढुंगा उद्योगले धर्मकाटा नराखि ओभरलोड खानिजन्य पदार्थ ओसारपोसार गरिरहेको जिल्ला समन्वय समितिका सभापति टंकनाथ खनालले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij