Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

‘सैयारा’ बन्यो भारतको सबैभन्दा धेरै कमाउने ‘प्रेमकथा’

‘सैयारा’ बन्यो भारतको सबैभन्दा धेरै कमाउने ‘प्रेमकथा’

मुम्बई : बलिउड फिल्म ‘सैयारा’ ले विश्वभर ५०० करोड भारुभन्दा बढी कमाएको छ। फिल्मको टोलीका अनुसार, सैयारा भारतको सबैभन्दा धेरै कमाउने प्रेमकथा बनेको हो । यो निर्देशक मोहित सुरीको लागि विश्वव्यापी ५०० करोड क्लबमा सामेल हुने पहिलो फिल्म हो । १८ दिनमा फिल्मले विश्वव्यापी रूपमा कुल ५०७ करोड रुपैयाँ कमाएको छ ।

वाईआरएफका सीईओ अक्षय विधानीद्वारा निर्मित यो फिल्म अहान पाण्डे र अनित पद्डाको डेब्यू फिल्म हो। फिल्मको सफलताको बारेमा अक्षय विधानीले भने- ‘एक कम्पनीको रूपमा, हामी यो ठूलो सफलताको श्रेय फिल्मका कप्तान (निर्देशक) मोहित सुरीलाई दिन चाहन्छौँ जसले आजको पुस्तालाई उनीहरूले सम्बन्धित गर्न सक्ने प्रेमकथा दिए ।

साथै हाम्रा नयाँ स्टार अहान र अनितलाई पनि, जसले आफ्नो अभिनयले यो प्रेमलाई जीवन्त बनाए। आदित्य चोपडालाई उनको बलियो समर्थन र ‘सैयारा’ को सम्पूर्ण टोली जसले यो फिल्मलाई विश्वभर यति विशेष बनायो।’

सैयाराको विश्वव्यापी ग्रस बक्स अफिस : तेस्रो हप्तासम्म

· भारत– ३७६ करोड रुपैयाँ

·इन्टरनेशनल– १३१ करोड रुपैयाँ

· कुल विश्वव्यापी कमाई – ५०७ करोड रुपैयाँ (अगस्ट ४, २०२५ सम्म)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट