Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पर्सा ठोरीका सुकुम्बासीले दशैंसम्ममा लालपुर्जा पाउँछन्- भूमि आयोग पर्सा

पर्सा ठोरीका सुकुम्बासीले दशैंसम्ममा लालपुर्जा पाउँछन्- भूमि आयोग पर्सा

पर्सा : पर्साको ठोरी गाउँपालिकामा लालपुर्जा प्राप्त गर्न बाँकी रहेका जग्गाको नापनक्सा कार्य सुरु भएको छ ।गाउँपालिकाको सभाहलमा सोमबार आयोजित एक समारोहका बीच भुमि समस्या समाधान आयोग पर्सा जिल्ला समिति अध्यक्ष तवरेज अहमदले डिजिटल मेसिनको बटन थिचेर उक्त कार्यको सुरुवात गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अहमदले यश वर्षको दशैं लालपुर्जा पाएर हर्षमय हुनेमा विश्वस्त रहन ठोरीबासीलाई आग्रह गर्नुभयो । वहाँले भन्नुभयो- “मैले जस्तै मेरा सन्तानले पनि जग्गाको अन्यौलता झेल्नुपर्ने हो कि भनेर पिर नमान्नुस्, बरु दशैंमा निधारले रातो टीका थाप्दा हात हातमा रातो लालपुर्जा हुन्छ भन्नेमा ढुक्क रहनुहोस् ।“गाउँपालिका अध्यक्ष श्रेष्ठले अफवाहको पछाडि लागेर विवाद गर्नुभन्दा लालपुर्जा वितरणको यो अन्तिम तथा महत्वपूर्ण अवसरमा नापी टोलिलाई सबैले सहयोग गर्न अनुरोध गर्नुभयो ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति र नापी कार्यालयका प्रमुख सहितको टोली सहभागी उक्त कार्यक्रममा जनप्रतिनिधिसहित स्थानीय उल्लेख्य सहभागीता रहेको थियो ।दर्ता भएका एक हजार नौ सय छ परिवारको जग्गाको अन्तिम नापीको शुभारम्भ भएसँगै ठोरीका बासिन्दा उत्साहित भएका छन् भने दर्ता हुन बाँकी भएकाहरु नयाँ सुचनाका लागि आतुर छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट