Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अबैध पोल्ट्री आयात नियन्त्रणमा व्यवसायीहरुको चासो, गृह मन्त्रालय र सुरक्षा निकायलाई आग्रह

अबैध पोल्ट्री आयात नियन्त्रणमा व्यवसायीहरुको चासो, गृह मन्त्रालय र सुरक्षा निकायलाई आग्रह

काठमाडौं : नेपालको एक मात्र उत्पादनमा आत्मनिर्भर पोल्ट्री व्यवसाय लाई भारतीय सीमा नाकाहरुवाट अवैध रूपमा आयात हुने तयारी कुखुरा, तयारी मासु, फ्लोजन मासु, चल्ला र अण्डा प्रमुख चुनौतीको रुपमा रहेकोे छन । अबैध रूपमा भित्रदा रोगको सक्रमणको जोखिम हुन सक्ने, देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने, नेपाली कुखुरापालक किसानहरुलाई प्रत्यक्ष प्रभाव पर्ने भएको बिषयमा पोल्ट्री क्षेत्रका जिम्मेवार सस्थाहरु अत्यन्त चिन्तित छन ।

अवैध रूपमा आयात हुने पोल्ट्रीजन्य बस्तुहरु नियन्त्रणका लागि नेपाल दाना उद्योग सघका अध्यक्ष रविन पुरी, नेपाल हयाचरी उद्योग सघका अध्यक्ष लक्ष्मीदास मानन्धर लगायत पदाधिकारीहरुले गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दिपक थापा र शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाइ भेटघाट गरि पोल्ट्री क्षेत्रले राज्यलाइ पुर्याएको योगदान, पोल्ट्री क्षेत्र को बर्तमान अवस्थाको बारेमा ध्यानाकर्षण गराउदै अवैध ओसारपसार नियन्त्रणका लागि बिशेश निगरानी र निर्देशन को लागी अनुरोध गर्दै तस्करीमा सलग्न व्यक्तिहरुलाइ हदैसम्म को सजायको माग गर्नु भएको छ ।

गृहमन्त्री र प्रहरी महानिरीक्षकद्दय अबैध नियन्त्रण राज्यको चासोको बिषय भएको हुदा शसक्त रुपमा अघि बढ्न आवश्यक निर्देशन दिने र तस्करी कार्यमा सलग्न व्यक्तिहरुको पहिचान गरि हदैसम्मको कार्वाही गर्न गृह प्रशासन तत्पर रहेको बिषयमा आश्वस्त पार्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट