Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पहिरो गएको २४ घन्टासम्म पनि खुलेन सडक

पहिरो गएको २४ घन्टासम्म पनि खुलेन सडक

स्याङजा : अविरल बर्षाका कारण अवरुद्ध स्याङ्जा–पर्वत सडक खण्ड अझै सुचारु हुन सकेको छैन । वालिङ नगरपालिका–१४ को डुम्रेभन्ज्याङमा पहिरो जाँदा सोमबार बिहानबाट अवरुद्ध भएको सडक २४ घण्टासम्म पनि सञ्चालन हुन नसकेको हो ।

सोमबार दिनभर सडक सुचारु गराउने प्रयास गरिएको भए पनि ठूला–ठूला पहिरोका कारण समस्या भएको वालिङ—१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो ।आज बिहानबाट पानी पर्ने क्रम केही रोकिएकाले सडक खुलाउने काम तत्कालै सुरु गरिने उहाँको भनाई छ ।

वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी जोड्ने सडक पहिरोको कारण अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । तीन दिनदेखि परेको अविरल बर्षाले स्याङ्जाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

यसैबीच स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले यात्रा गर्दा बिचार गरेर यात्रा गर्न आग्रह गर्नु भएको छ । रातीको समयमा यात्रा नगर्न आग्रह गर्दै पौडेलले खोला तथा पानीको बहाव भएको क्षेत्रमा नजान आग्रह गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट