Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

स्नान गर्न भक्तजन गोसाइँकुण्डतर्फ

स्नान गर्न भक्तजन गोसाइँकुण्डतर्फ

रसुवा : पुत्रदा एकादसी पर्वका अवसरमा पवित्रतीर्थ गोसाइँकुण्ड स्नानका लागि सयौ भक्तजन सुलाद्री पर्वतको आरोहण गरिरहेका छन् । एकादसीका दिन बाँझोपन भएका महिला÷पुरूषले एकसाथ स्नान गरी कुण्डमा पूजाआराधना गर्दा भगवान् शिवको आशिर्वादले सन्तान प्राप्त हुने मान्यता रही आएको छ ।

अन्जानमा गरेका सवै पाप मोक्ष हुने धार्मिक विश्वासका साथ भक्तजन पुत्रदा एकादसी पर्वदेखि जनैपूर्णिमा दिनसम्म विशेष पर्वको अवसरमा निलाद्री पर्वतमा विराजमान रहेका भगवान् शिवको दर्शन गर्ने चलन छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रसुवामा रहेको पौराणिक एवं धार्मिक कुण्डमा स्नान तथा पुजा गर्ने चलन छ ।

पुर्णिामाको दिनसम्म यस वर्ष पनि १५ हजार तिर्थालुले पवित्रकुण्डको स्नान गर्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए ।

पुत्रदा एकादशी पर्वमा गोसाइँकुण्ड स्नानका लागि पाँच सयभन्दा बढी भक्तजन आजै लौरीविनायकको उज्यालो चढ्दै गरेको, भक्तजन आउने क्रम जारी रहेको, कुण्डमा स्नान गरेपछि शरीरको चिसोपन हटाउन, धुञ्चेका युवा समूहमार्फत निःशुल्क तातोपानीको व्यवस्था मिलाइएको, धुञ्चेदेखि खन्तिसम्म बाटोको सरसफाइ, धार्मिक मार्गमा खानेपानीको व्यवस्थापान, ठाउँठाउँमा अस्थायी आवास थर्कुको व्यवस्थापन, गोसाइँकुण्ड, बुद्वमन्दिर चोलाङपाटी चन्दनवारी, देउराली तिवारी बगर र धुञ्चे क्षेत्रमा सबै यात्रुलाई उपचार आवश्यक पर्ने पूर्वाधारका सबै व्यवस्था मिलाइएको अध्यक्ष डिएमले जानकारी दिए ।

कार्यतालिका बमोजिम गोसाइँकुण्डमा हिमालय उद्वार सङ्घ, पञ्चधाम समिति, ग्रिनसिटी अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र अन्य स्थानमा जिल्ला आयुर्वेदिक औषधालय, नेपाली सेनाले यात्रुलाई उपचारको सेवा दिने समितिले जनाएको छ । गोसाइँकुण्ड जाने सबै तीर्थयात्रुको सुरक्षाका लागि बेत्रावतीदेखि गोसाइँकुण्डसम्म सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । प्रहरी नायव उपरीक्षक हेमबहादुर मल्लले गोसाइँकुण्डमा स्नान गर्दा एकापसमा बलियोसँग हात समाएर मात्र डुबुल्की मार्न सबै यात्रु समक्ष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट