Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मेडिकल पसल अनुगमन

मेडिकल पसल अनुगमन

उदयपुर : जिल्ला  प्रशासन  कार्यालय   उदयपुरले औषधी पसल  तथा  मेडिकलहलहरुमा अनुगमन  गरेको छ । अनुगमनका   क्रममा मापदण्ड  विपरीत सञ्चालित एक मेडिकल  हलमा भने ताला लगाइएको छ । सोमबार उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको चौदण्डी गढी नगरपालिका भित्रका औषधी पसल तथा मेडिकलहरूमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले स्थानीय पाथीभरा डेन्टल क्लिनिक,शुभम् डेन्टल प्रा.ली, दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको थियो। उनीहरूलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो।अनुगमन टोलीले चौदण्डी गढी नगरपालिका ४ बसाहामा महेन्द्र मण्डल द्वारा सञ्चालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रूपमा मापदण्ड विपरीत सञ्चालन गरेको बीज मेडिकल हलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट