मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ।संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीको नियुक्तिका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो। उक्त धारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था गरिएको छ। दाबी पेस गर्न भोलि मङ्गलवार दिउँसो २ बजेसम्मको समय दिइएको छ।
हाल बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेबिच गठबन्धन रहेको छ। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५७ सदस्यको बहुमत आवश्यक पर्छ। गठबन्धनमा रहेका काँग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन्।अब काँग्रेसका नवनिर्वाचित संसदीय दलका नेता इन्द्र बहादुर बानियाले आजै बहुमत सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij