Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पहिरो रोकथाम कालागि त्रिभुवन राजपथमा नयाँ प्रविधिको प्रयोग

पहिरो रोकथाम कालागि त्रिभुवन राजपथमा नयाँ प्रविधिको प्रयोग

धादिङ :  राजमार्गमा पहिरो रोकथामको स्थायी समाधानका लागी काठमाण्डौँको चन्द्रागिरि नगरपालिका स्थित माथिल्लो झ्याप्ले खोलामा नयाँ प्रविधिको प्रयोग गरिएको छ ।सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र राजधानीबाट बाहिरिने प्रमुख राजमार्ग त्रिभुवन राजपथमा सेल्फ ड्रिलिङ एङ्कर एस डी ए प्रविधिबाट पहिरो रोकथाम र नियन्त्रणको काम गरेको हो ।

यो प्रविधिबाट पहिरो रोकथाम गर्नका लागी पहिले पाई लिङ्ग गरी मजवुद फलामे विम जमिनमा गाडेर रडको माध्यमबाट त्यसलाई जमिनमा पुनः चट्टान भेटिने गरी गाडिनेछ । अब भने त्रिभुवन राजपथको नगा ढुङ्गा नौबिसे सडक खण्डमा पहिरोको जोखिम समेत केही कम हुने सडक प्राविधिकहरुको भनाई छ ।सो सडक खण्डको झ्याप्ले खोला क्षेत्र पहिरोको उच्च जोखिम क्षेत्र मध्य एक हो । करिब तिस मिटर क्षेत्रमा सो कामको सुरुवात गरेको हो ।

चन्द्रागिरि नगरपालिकाको माथिल्लो झ्याप्लेबाट पटक पटक खसेको पहिरोले गर्दा वर्षाको समयमा तल्लो झ्याप्ले खोलामा निकै ठुलो धनजनको क्षति बेहोर्नु परेको थियो । गत असोज महिनामा पनि सो क्षेत्रमा खसेको पहिरोले गर्दा सवारीका साधनहरू पुरिन जाँदा निकै ठुलो धनजनको क्षति बेहोर्नु परेको थियो ।

अहिले भने स्थायी  समाधानका लागी पहिरो नियन्त्रणमा  नयाँ प्रविधिको प्रयोग  गरी काम सुरु गरेको हो ।  यो प्रविधिसँगै माटो भएका भागहरूमा  बायो ईन्जीनियरीङ प्रविधि अपनाई भू–क्षय  हुनबाट जोगाइने छ ।यससँगै सडकको माथिल्लो भागबाट बगेको पहिरो सडकमा आई अवरुद्ध नहोस् भन्ने उद्देश्यले ट्र्‍र्याप वाल समेत लगाइएको छ ।

अहिले सो स्थानमा पहिरो नियन्त्रणको लागी गरिएको कामहरु करिब अन्तिम चरणमा रहेको पनि नाग ढुङ्गा मुग्लीन सडक योजना पूर्वी का प्रमुख केशव ओझाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट