चितवन : चितवन जिल्लामा सञ्चालित ६७ वटा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण दिने कन्सलटेन्सी जिल्ला प्रशासन कार्यालयमा सूचीकृत नभएको पाइएको छ। प्रशासनले पटक–पटक सूचीकृत हुन आह्वान गर्दा पनि सम्पर्कमा नआएका कन्सलटेन्सीहरू विरुद्ध हालै अनुगमन गर्दा ती संस्था कानुन बमोजिम नचलाइएको पत्ता लागेको हो।
जिल्ला प्रशासन कार्यालयले अब ती कन्सलटेन्सीहरूलाई तीन दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राप्त अनुमति पत्र र अन्य सम्बन्धित कागजातहरू पेश गर्न निर्देशन दिएको छ।निर्धारित समयसीमा भित्र कागजात पेश नगर्ने संस्थाहरूलाई बन्द गरी कानुनी कारबाही अघि बढाइने चेतावनी प्रशासनले दिएको छ।
यसैगरी, प्रशासनमा सूचीकृत भई तर अझै सम्बन्धित कागजात नपेस गरेका कन्सलटेन्सीहरूलाई पनि तोकिएको समयभित्र सम्पूर्ण कागजात बुझाउन अन्तिम सूचना दिइएको छ ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij