Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

तारकेश्वर गाउँपालिकाका वडा अध्यक्षको निधन

तारकेश्वर गाउँपालिकाका वडा अध्यक्षको निधन

नुवाकोट : तारकेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्य नारायण प्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ । सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा रिमालको निधन भएको हो ।

गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष रिमालले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा पुर्‍याएको योगदानलाई सदैव सम्झिरहने जनाएको छ। गाउँपालिकाले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

गाउँकार्यपालिकाको निर्णयअनुसार सोमबारको दिनलाई ‘शोक दिवस’ को रूपमा घोषणा गरिएको छ। तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरू र शैक्षिक संस्थाहरूमा बिदा दिइएको छ। साथै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

526110064_1275498017618434_1548170482935365481_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट