चितवन : शिक्षामा पहुँच सुनिश्चित गर्न आरम्भ कलेजले भरतपुर महानगरपालिका वडा नम्बर ११ का विद्यार्थीका लागि उल्लेखनीय छुटको घोषणा गरेको छ। अब यस वडाभित्रका कुनै पनि विद्यार्थीले BHM वा BIM जस्ता प्रतिष्ठित विषयमा अध्ययन गर्दा शुल्कमा एक लाख रुपैयाँ छुट दिनेभएकाे छ।
शैक्षिक गन्तव्य बन्दै गएको आरम्भ कलेज भरतपुर–११, मुक्तिनगरमा अवस्थित छ। यस क्षेत्रभित्रै कलेजको भौतिक सम्पत्ति रहेको हुँदा कलेजले आफू पनि वडावासी भएको जनाउँदै सामाजिक उत्तरदायित्व स्वरूप यस्तो छुट दिन लागेको हो।

वडाध्यक्ष मल्लले बताए अनुसार, “हामीले कलेजसँग वडाका विद्यार्थीलाई सहयोग गर्न आग्रह गरेका थियौं, र कलेजले सकारात्मक रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।” त्यसैगरी, अत्यन्तै गरिब, दलित र जेहेन्दार विद्यार्थीहरूका लागि वडाबाट सिफारिस प्राप्त भएमा थप विशेष छुट र सुविधाहरू पनि उपलब्ध गराइने प्रिन्सिपल सिवाकोटीले जानकारी गराउनुभयो।
आरम्भ कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो, जहाँ BHM (Bachelor in Hotel Management) र BIM (Bachelor in Information Management) मा अध्ययन गराइन्छ। दुवै कार्यक्रम रोजगारमैत्री, प्रयोगात्मक, र प्रतिस्पर्धात्मक बजारमा माग भएका विषयहरू हुन्।

नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिसकेको आरम्भ कलेजले यस प्रकारको शुल्क छुटमार्फत शिक्षा क्षेत्रमा आर्थिक पहुँच विस्तार गर्नुका साथै सामुदायिक सहभागिता र सद्भाव अभिवृद्धि गर्ने कदम चालेको देखिन्छ। कलेजकाे यस पहलले स्थानीय परिवारको आर्थिक भार कम गर्दछ भने कलेज र वडाबासीबीचको सम्बन्ध सुदृढ हुने वडा अध्यक्ष कमल बहादुर मल्लले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij