Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु

नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु

चितवन : नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको छ । यस्तै घाइतेमध्ये १२ जनाको उद्धार गरी रुपन्देही पठाइएको र बाँकीको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट