Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सौराहाको सौन्दर्यमा थपिएको नयाँ आयाम-‘रोयल टुलिप रिसोर्ट’

सौराहाको सौन्दर्यमा थपिएको नयाँ आयाम-‘रोयल टुलिप रिसोर्ट’

काठमाडौं : प्राकृतिक सौन्दर्यको मधुरता, वन्यजन्तुको रोमाञ्चकता, स्थानीय सँस्कृति र विश्रामको विलासिता, यी सबैलाई एउटै छानामुनि जीवन्त रूपमा अनुभूति गराउने सोचले चितवनको सौराहामा स्थापना गरिएको हो ‘रोयल टुलिप रिसोर्ट’ । चितवन राष्ट्रिय निकुञ्जको ठीक छेउमा अवस्थित यो रिसोर्ट विश्वकै दोस्रो ठूलो होटल समूह ‘लुभ्र होटल्स ग्रुप’ अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालनमा ल्याइएको हो ।

केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर साह

साढे दुई विघा क्षेत्रफलमा फैलिएको रोयल टुलिपको निर्माण कार्य सन् २०२० मा सुरु भएको हो, जुन करिब पौने दुई अर्ब रुपैयाँको लगानीमा सम्पन्न हुँदैछ । सौराहाको पहिलो पाँचतारे लक्जरी रिसोर्टको रूपमा स्थापित यो रिसोर्ट आगामी असोजदेखि सेवा सञ्चालनमा आउने तयारीमा छ । केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर साहका अनुसार लुभ्र होटल्सले व्यवस्थापन सम्हालेसँगै रिसोर्टमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवा, सुविधा र आतिथ्य अनुभव उपलब्ध गराउने सुनिश्चित गरिएको छ । रोयल टुलिप अब सौराहाको पर्यटन पहिचानलाई विश्वस्तरमा पु-याउने नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ ।

रोयल टुलिप चितवन पर्यावरणप्रति सजग रहँदै सेवा प्रदान गर्ने दिगो पर्यटन अवधारणामा आधारित रिसोर्ट हो । यहाँ प्लास्टिकको बोतलमा पानी प्रयोग हुँदैन, किनभने रिसोर्टले आफ्नै बोटलिङ प्लान्टमार्फत शुद्ध पानी आपूर्ति गर्ने गरेको अध्यक्ष साह बताउँछन् ।

‘रोयल टुलिप चितवन’मा उपलब्ध सेवा र सुविधा रोयल टुलिप चितवन नेपाली आतिथ्यता, साँस्कृतिक मौलिकता र विश्वस्तरीय लक्जरी अनुभवको अद्वितीय संगम हो । हरियालीले घेरिएको रिसोर्टको २५ ओटा भवनमध्ये १७ ओटा आवासीय भवन छन् भने ६५ वटा सुन्दर कोठा र भिलाहरू छन् । जसमा विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू रहेका छन्, जुन सबैले मनमोहक दृश्य र विलासी सुविधाहरू प्रदान गर्दछन् ।

पाँचतारेको मापदण्ड पूरा गरेर सजाइएको रुमहरु मध्ये सुपेरियर रुम १८ वटा, डिलक्स २७ वटा, प्रिमियम ८ वटा र ४ वटा स्वीट रुम छन्, जहाँ एउटामा दुई वटा वेड रुम र लिभिङ रुम रहेका छन् ।

यहाँ रहेका सुपेरियर क्याटगोरीका रुमहरुको चार्ज १७ हजार पाँचसयदेखि सुरु हुन्छ भने सबैभन्दा महँगो भनेको मचानका रुमहरु हुन्, जसको चार्ज एक लाख निर्धारण गरिएको छ । अध्यक्ष साह भन्छन्, ‘बस्नकै लागि रुम त अन्य ठाउँमा पनि पाइन्छ । हामीले रुम सेल गर्ने भन्दा पनि रुम सँगसँगै प्याकेज बनाएर के अनुभव दिने त ? भन्नेमा केन्द्रित भएका छौँ । हामीले रुम भन्दा पनि अनुभव सेल गर्छौँ भन्न रुचाउँछु ।’

रिसोर्टको आकर्षणको रुपमा रहेको वाटर भिल्लाको पोखरीमा पर्यटकले फिसिङको मज्जा लिन सक्नेछन् । साथै, पोखरीमा प्याडल बोट पनि छ, जसमा दुई जनाले बोटिङ गर्न सक्नेछन् ।

रिसोर्टमा ५०, १५० र ५०० सय जनाको क्षमता रहेका तीन वटा ब्याङ्क्वेट हलहरु छन्, जुन पारिवारीक कार्यक्रमदेखि कर्पोरेट सेमिनारका लागि उपयुक्त हुनेछ ।

बालबच्चासहित आउने पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले आउट डोर र इन डोर प्ले एरिया पनि निर्माण गरेको छ । त्यतिमात्र होइन खेलका पारखीहरुलाई मध्यनजर गर्दै यहाँ गल्फ कोर्स र ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । रिसोर्ट परिसरमै १२ सय ८० मिटर लामो वाकिङ ट्रेलको सुविधा पनि छ, जहाँ हिँड्दा चिरबिराउने चराहरूको स्वर, चिसो बतासको स्पर्श र वन्य वातावरणको सौन्दर्यले विश्रामको अनुभवलाई अझ गहिरो बनाउँछ ।

रोयल टुलिप चितवन पर्यावरणप्रति सजग रहँदै सेवा प्रदान गर्ने दिगो पर्यटन अवधारणामा आधारित रिसोर्ट हो । यहाँ प्लास्टिकको बोतलमा पानी प्रयोग हुँदैन, किनभने रिसोर्टले आफ्नै बोटलिङ प्लान्टमार्फत शुद्ध पानी आपूर्ति गर्ने गरेको अध्यक्ष साह बताउँछन् । रिसोर्टमा आफ्नै बेकरी र लन्ड्री सेवा पनि उपलब्ध छन् ।

अतिथिको स्वास्थ्य, आराम र सुखद् अनुभवलाई ध्यानमा राख्दै रिसोर्टमा हेलिप्याड, स्वीमिङ पुल, स्पा, जिम हल र थेरापी रुमहरू जस्ता आधुनिक सुविधा उपलब्ध गराइएको छ ।

रिसोर्टको संरचना नामकरणदेखि निर्माणसम्म नेपाली मौलिकतालाई आत्मसात् गरिएको छ । मुख्य भवनलाई ‘वडा घर’ नाम दिइएको छ भने कन्फ्रेन्स हलहरू ध्यान सदन, ज्ञान सदन र वेद सदन जस्ता संस्कृतजन्य नामबाट चिनाइएको छ ।

खाना, आराम र संस्कृति एकै ठाउँमा रोयल टुलिप चितवन केवल आराम र प्रकृतिको मिलनस्थल मात्र होइन, यो स्वाद, संस्कार र आत्मीयताको गहिरो संयोजन पनि हो । खानपानका लागि यहाँ तीनवटा उच्चस्तरीय रेष्टुरेन्टहरू सञ्चालनमा छन्, जहाँ स्वाद, सेवा र वातावरणको उत्कृष्ट तालमेल पाइन्छ । स्थानीय र पारम्परिक परिकारलाई सम्मान गर्दै यहाँ नेपाली थाली, थारु थाली र मिथिला थाली पस्किने विशेष व्यवस्था गरिएको छ । यस्तै, विशेष सामूहिक अनुभूति दिनका लागि ‘धुनी घर’ नामक छुट्टै संरचना पनि बनाइएको छ, जहाँ २० देखि २५ जनासम्मले आगो ताप्दै परिकारको स्वाद लिन सक्छन् ।

अध्यक्ष साहका अनुसार रिसोर्टको संरचना नामकरणदेखि निर्माणसम्म नेपाली मौलिकतालाई आत्मसात् गरिएको छ । मुख्य भवनलाई ‘वडा घर’ नाम दिइएको छ भने कन्फ्रेन्स हलहरू ध्यान सदन, ज्ञान सदन र वेद सदन जस्ता संस्कृतजन्य नामबाट चिनाइएको छ । उनी भन्छन्, ‘रिसोर्टभित्रका अन्य संरचनाहरूको नामकरणमा पनि थारु तथा नेपाली भाषाको प्रयोग गरिएको छ । हामीले यसको निर्माण गर्दा पनि सकेसम्म नेपालमा नै उपलब्ध निर्माण वस्तुको प्रयोग गरेका छौँ ।’ यसले पर्यटकलाई सांस्कृतिक अपनत्वको अनुभूति दिने उनी बताउँछन् ।

कोठाभित्र रहँदा अतिथिले नेपाली कला, ढाँचामा निर्मित काठ, ढुंगा र स्थानीय सामाग्रीको प्रयोगद्वारा बनाइएका सजावटहरूसहित लक्जरी अनुभूति गर्छन् भने बाहिर निस्किँदा आफैँलाई जंगलभित्र बसेको अनुभूति दिनका लागि रिसोर्ट भित्रको वृक्षारोपणमा साढे दुई करोड रुपैयाँभन्दा बढी खर्च गरिएको अध्यक्ष साहको भनाइ छ । जसले प्राकृतिक वातावरणलाई झनै जीवन्त बनाएको छ ।

रोजगारीको दृष्टिकोणले पनि रोयल टुलिप चितवनले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउने लक्ष्य राखेको छ । रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि १ सय १४ जना स्थायी अपरेशनल स्टाफले प्रत्यक्ष रोजगारी पाउँछन् भने भेन्डर, तरकारी र दूध व्यवसायीहरू जस्ता स्थानीय आपूर्तिकर्ताले अप्रत्यक्ष रोजगारी पाउँछन् ।

‘झण्डै २६, २७ वर्ष भयो, म सौराहा आउन थालेको । तर, अचम्म के छ भने, हरेक पल्ट सौराहा आउँदा यो ठाउँ अझ नयाँ, अझ आकर्षक लाग्छ । विविधताले भरिपूर्ण यो गन्तव्य आन्तरिक र बाह्य पर्यटकका लागि नेपालको सबैभन्दा सजिलो र रमणीय विकल्प हो भन्ने बुझाइले नै मैले सौराह रोजेँ ।’

सौराह : एक सपना, एक सम्भावना रोयल टुलिप चितवन निर्माण पहिलो सपना र निर्णय भने पक्कै पनि होइन । सुरुमा यस स्थानलाई अध्यक्ष साहले सानो फार्म हाउस बनाउन भनेर लिएका थिए । तर, यहाँको हरियाली, शान्त परिवेश र सांस्कृतिक गहिराइले उनको मन यसरी जित्यो कि, ‘यो सौन्दर्य त सबैले अनुभव गर्न पाउनु पर्छ’ भन्ने सोचले थप जग्गा लिएर रिसोर्ट नै खोल्ने आँट गरे र त्यसपछि थप लगानी, थप सपनासँग सौराहामै निर्माण भयो रोयल टुलिप । 

उनी भन्छन्, ‘झण्डै २६, २७ वर्ष भयो, म सौराहा आउन थालेको । तर, अचम्म के छ भने, हरेक पल्ट सौराहा आउँदा यो ठाउँ अझ नयाँ, अझ आकर्षक लाग्छ । विविधताले भरिपूर्ण यो गन्तव्य आन्तरिक र बाह्य पर्यटकका लागि नेपालको सबैभन्दा सजिलो र रमणीय विकल्प हो भन्ने बुझाइले नै मैले सौराह रोजेँ ।’ साह उच्चस्तरीय विदेशी पर्यटकका लागि पनि सौराहालाई प्रमुख गन्तव्य बनाउन चाहन्छन् ।

उनका अनुसार हाई पेइङ गेष्टहरु काठमाडौँ आएपछि कल्चरल हेरिटेजको अनुभव लिएर बस्ने उपयुक्त ठाउँ भनेको सौराह हो । यहाँबाट मनास्लु लगायतका हिमश्रृंखला पनि देख्न सकिन्छ । हाई पेइङ पर्यटकलाई लक्षित गरेर रोयल टुलिप चितवनले हेलिप्याड पनि बनाएको छ । हेलिमा हिमालतिर गएर ब्रेकफास्ट गर्ने र फर्किएर रातको जंगल सफारी गर्ने, खोजेको सर्भिस, सफा ठाउँ, आरामदायी रुमहरु खोज्ने त्यस्ता पर्यटकहरुलाई क्याटर गर्नका लागि सौराहामा उपलब्ध एक मात्र रिसोर्ट हो रोयल टुलिप । त्यस्ता खालको पर्यटकहरुलाई पुनः नेपाल आगमन गराउने लक्ष्य नै रहेको साहको भनाइ छ ।

सौराहा आउने पर्यटकमध्ये आधा आन्तरिक र आधा बाह्य हुन् । यहाँको आकर्षण भनेको केवल चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी मात्र होइन; हात्ती सफारी, मनास्लु हिमालको दृश्य, थारु संस्कृतिका परिकार, होमस्टे अनुभवजस्ता विविधताले यसलाई पूर्ण बनाएको छ । यहाँको मौलिक स्वाद र बाघ, गैँडा, हात्तिजस्ता जनावर नजिकैबाट हेर्न सकिने व्यवस्थाले पर्यटकको बसाईलाई लम्ब्याउन भूमिका खेल्छ ।

डेढ दशक विदेश बसेका साहका लागि नेपाल सदैव अमूल्य लाग्यो । यही भावना बोकेर उनले यो होटल व्यवसायमा पहिलो पाइला चालेका हुन् । उनी भन्छन्, ‘म सौराहप्रति समर्पित छु । यही ठाउँ, यही सँस्कृति र यही सम्भावनालाई विश्व सामु चिनाउने प्रयत्न गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट