Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बोस्टन कलेजमा प्रोजेक्ट र कला प्रदर्शनी

बोस्टन कलेजमा प्रोजेक्ट र कला प्रदर्शनी

चितवन : चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले परियोजना एव चित्रकला प्रदर्शनी सम्पन्न गरेको छ । प्रदर्शनी कलेजले सोमबार कलेज परिसरमै सम्पन्न गरेको हो । कलेजले गरेको कार्यक्रममा चितवन सहित आसपासका प्लस टु कलेजका करिब २५०० बढी विद्यार्थीहरुको सहभागीता रहेको कलेजका आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेलले बताए।

उनले १३०० विद्यार्थी आउने लक्ष्य राखिएकोमा करिब दोब्बर विद्यार्थीको सहभागिताले कार्यक्रम भव्य रुपमा सफल क भएको जानकारी दिए । सूचना प्रविधि, व्यवस्थापन, होटल व्यवस्थापन लगायत संकायका विद्यार्थीहरूले तयार पारेका २५ भन्दा बढी नवप्रवर्तन परियोजनाहरू प्रदर्शन गरिएको पोखरेलको भनाइ छ। प्रदर्शनीमा समावेश प्रमुख परियोजनाहरूले विद्यार्थीहरूको गहिरो अनुसन्धान र व्यावहारिक सोचको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए। कार्यक्रममा समावेश अर्को विशेष कार्यक्रममा कलेज अन्तर्गत स्टार्टअपहरूको प्रस्तुति रहेको थियो । विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो ।

यसै अवसरमा आयोजित चित्रकला प्रदर्शनीमा बनाएका विद्यार्थी हरूले चित्रकलालाइ कलेज परिसरमा राखिएका थिए जसले सामाजिक सन्देश र भावनात्मक अभिव्यक्ति व्यक्त गरे को सहभागी विद्यार्थीहरुले बताएका छन् । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको प्रदर्शनीमा सहभागी विद्यार्थीहरुलाइ कलेजको बिएचएम पहिलो वर्ष अध्ययन गर्ने विद्यार्थीहरुले आँफैले पकाएर मम र फेन्च फाइको स्वाद चखाएको बिएचएम संयाजक विमल अर्यालले जानकारी दिए। साथै हिजोकै दिन सेफ बनेका बिएचएम अध्ययनरत विद्यार्थीहरुले सहभागीलाइ आँफैले बनाएको खाना चखाउन पाउँदा खुशी लागेको अनुभव सुनाए । भीडलाइ सामना गर्न र मानिस हरुसंग गरिने संवाद शैलीसमेत सुधार भएकाले आत्मविश्वास बढेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट