Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दिलिशा ब्युटी पार्लरको सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान, १२ औं वर्षमा प्रवेश, छाला परिक्षण सेवा थप !

दिलिशा ब्युटी पार्लरको सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान, १२ औं वर्षमा प्रवेश, छाला परिक्षण सेवा थप !

चितवन  : सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको दिलिशा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर स्थापनाको ११ औं वर्ष पार गरी १२ औं वर्षमा प्रवेश गरेको छ । हरेक वर्ष वार्षिकोत्सवको उपलक्ष्यमा दिलिशा ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । यस बर्ष पनि दिलिशा ब्युटी पार्लरले एक कार्यक्रमको आयोजना गरी १२ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा पूर्वी चितवनमा पहिलो पटक अत्याधुनिक छाला परिक्षण मेसिनद्वारा छाला परिक्षण सेवा पनि सुरू गरेको छ । रत्ननगर- १३ लौरीघोलमा मुख्य कार्यालय रहेको ब्युटी पार्लरले १२ वर्ष प्रवेशसगै ग्रामिण भेगका जनतालाई लक्ष्ति गर्दै आर्यआर्जनमा समेत अग्रसर गराउन पहिलो शाखा कालिका नगरपालिका वडा नं. २ लाहुरेचोकमा  आैपचारिक रूपमा विस्तार पनि गरेको हो ।  शाखाको भव्य समारोहका विच कालिका नगरपालिका उपमेयर विमला तामागंले उद्वघाटन गर्नुभएको थियो ।

नेपाली महिलाहरुमा स्वास्थ्य र सौन्दयै चेत बढ्दै गएको अवस्थामा थप ब्युटिपार्लर र ट्रेनिङ सेन्टर खुल्नु राम्रो कुरा भएको उपमेयर तामागंले बताउनुभयो । शाखा विस्तारको अवसरमा अत्याधुनिक छाला परिक्षण मेसिनद्वारा ३० जना बढीको निशुःल्क  छाला परिक्षण गरिएको सञ्चालक लक्ष्मी देवकोटाले जानकारी दिनुभयो ।

दिलिशाले सौन्दर्यका पारखीहरूका लागि सेवा प्रदान गर्नुका साथै सौन्दर्य पेशालाई अङ्गाल्न खोज्नेहरुका लागि तालिमको समेत व्यवस्था गर्दै आएको छ । १२ औं वार्षिक उत्सवसम्म आइपुग्दा दिलिशाले दुई हजार जना भन्दा बढीलाई सौन्दर्यकला शीप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij