Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता

नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता

नवलपुर : चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् । मङ्गलबार बिहान ६ः०५ बजे नारायणीको पुलबाट हाम फालेर युवा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

अन्दाजी १८÷२० वर्षका युवाको नाम ठेगाना खुल्न नसकेको ढकालले बताउनुभयो । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आइआरटी पोस्टबाट ७ जनाको टोली परिचालन गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट