Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवन पुगेर शाक्यले भने – लोडसेडिङ कतै छैन, कुप्रचार गरियो

चितवन पुगेर शाक्यले भने – लोडसेडिङ कतै छैन, कुप्रचार गरियो

चितवन : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभरी कहीँ कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् ।चितवनमा लोडसेडिङ भएको हल्लापछि आज भरतपुर पुगेका उनले बढ्दो गर्मी र प्राविधिक समस्याका कारणले विद्युत सञ्जालले लोड धान्न नसकेर लाइन जाने गरेको बताएका हुन् ।

कहिलेकाँही आउने प्राविधिक समस्यालाई लिएर कुप्रचार गरि भ्रम सिर्जना गरेको शाक्यको भनाई छ । उनले पानी नपरेका कारण किसानहरुले खेतमा गाँडेएका बोरिङ्ग सबै एकैपटक चलाउँदा लोड धान्न नसक्दा समस्या आएको बताए । लोडका समस्याका कारण साँझ ५ देखि ९ बजेसम्म पानी तान्ने पम्प नचलाउन भनिएको उनले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पुरानो भरतपुर वितरण केन्द्रको निरीक्षण पछि विद्युत आपूर्ति बन्दको एक दिने सूचना निकालेर आलोचित बनेको चनौली वितरण केन्द्रको निरीक्षण गर्न गएका छन् ।शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको अवस्थाका बारेमा सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्ने छन् ।

हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ । हर्दी स्टेशनका इन्चार्ज रोशन खनियाँले ट्रान्सफर्मरको काम सकेर चार्ज गर्ने काम सुरु गरिएको बताए ।

उनले अब केही प्राविधिक परीक्षण सरेकर लाइन जोडिने बताए । हर्दी सबस्टेशनबाट २४ एमभीएको ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनको सबै जसो ठाँउमा यहीँबाट विद्युत सप्लाई गरिने इन्चार्ज खनियाँले बताए ।

यसअघि शनिबार साँझ प्राधिकरणको चनौली वितरण केन्द्रले आज दिनभर चितवनमा बत्ति जाने तालिका सार्वजनिक गरेपछि लोडसेडिङ भएको भन्दै आलोचना भएको थियो ।चितवनमा हिजो दैनिक ३–३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो ।

प्राधिकरणले अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी–माडी, मेघौली,विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट