चितवन : चितवनको भरतपुर महानगर वडा नं. १२ मुनालचोक स्थित सिर्जनशिल टोलमा निशुःल्कआँखा शिविर सम्पन्न भएको छ । सिर्जनशिल टोल विकास संस्थाको आयोजना र चितवन मेडिकल कलेजको प्राविधिक समन्वयमा यहां निशुःल्क आँखा शिविर सिद्वि विनायक गणेश मन्दिर परिसरमा सम्पन्न भएको हो ।
मेडिकल सिटी भरतपुरमा अस्पताल नजिकै रहे पनि नियमित स्वास्थ्यको ख्याल गर्दै शिविर सञ्चालन गरेको टोलका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

समाजसेवीका रूपमा समेत परिचित अध्यक्ष अधिकारीले टोलवासीको समृद्विका लागि विभिन्न कार्यक्रम गर्ने अभियान अन्तर्गत विभिन्न काम गर्दै आउनु भएको छ । यसअघि यहाँ पाठेघरको मुखको क्यान्सर, प्रेसर सुगर जस्ता रोगको चेकजाँच शिविर, टोललाई सर्वोकृष्ट बनाउने अभियानमा निरन्तर लागि रहनु भएको छ।
आँखा संसार हो, यसलाई विशेष ध्यान पुराउन आवश्यक भन्दै उहाँले अस्पताल नजिक रहेर पनि जाने बानी नहुदाँ आँखामा नै समस्या छ कि भनि आफूले स्वास्थ्य शिविर गरेको उहाँको भनाई थियो ।
टोलवासीको आग्रहलाई स्विाकार गदै चितवन मेडिकल कजेलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेको समन्वय आँखा रोग विशेषज्ञ डाक्टरहरुको उपस्थितमा शिविर सम्पन्न् भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
शिविरबाट २ सय ५० जना बढी लाभान्वित भएका थिए । शिविरमा आएका टोलवासीलाई आवश्यक अनुसार औषधी र चस्मा वितरण गरिएको आयोजक सिर्जनशिल टोल विकास समितिका सचिव बालकृष्ण सापकोटाले जानकारी दिनुभयो । शिविरमा समस्या देखिएका विरामीहरुलाई ६० प्रतिशत छुटमा चितवन मेडिकल कलेजमा नै उपचार गर्ने प्रबन्ध गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हंस सहकारीका अध्यक्ष तथा समाजसेवी दिनेशकुमार चुकेले टोललाई समृद्ध बनाउने अभियानमा विभिन्न खालका स्वास्थ्य शिविर उपयोगी सावित भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता अभियान जारी राख्नु्पर्ने धारण राख्नुभयो । 
सिर्जनशिल टोलका उपाध्यक्ष देवीराम अम्गाईले स्वागत मन्तव्य व्यक्त गरेको शिविरमासिद्विविनायक आमा समुह अध्यक्षका सरस्वती खनाल, सल्लाहकार श्रीराम दवाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij