Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

एक वर्षमा नेपालबाट वैदेशिक राेजगारीको लागि ८ लाख बढि श्रम स्वीकृति

एक वर्षमा नेपालबाट वैदेशिक राेजगारीको लागि ८ लाख बढि श्रम स्वीकृति

काठमाडौँ : गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट वैदेशिक राेजगारीको लागि ८ लाख बढि श्रम स्वीकृति प्रदान भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको एक वर्षे प्रगति विवरण अनुसार वैदेशिक रोजगारीको लागि कूल ८ लाख ३९ हजार २ सय ७० श्रम स्वीकृति उपलब्ध गराइएको हो ।

यसमा नयाँ श्रम स्वीकृति ५ लाख ५० हजार रहेको छ भने पुनः श्रम स्वीकृति ३ लाख ३३ हजार रहेको छ । वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति नयाँ ६० प्रतिशत र पुनः श्रम स्वीकृति ४० प्रतिशत रहेको मन्त्रालयले जनाएको हो ।

अघिल्लो आवमा वैदेशिक रोजगारका लागि कूल १ हजार ७७५ जना मेनपावर व्यवसायी रहेकोमा आव २०८१/०८२ मा १ हजार ६९ व्यवसायीहरु सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij