Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

काठमाडाैँ महानगरपालिकाले सञ्चालन गर्ने मिडियामा विज्ञापन दिन पाइने

काठमाडाैँ महानगरपालिकाले सञ्चालन गर्ने मिडियामा विज्ञापन दिन पाइने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने मिडियामा विज्ञापन दिन पाइने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक ऐन २०८२/०८३ मा यस्तो प्रस्ताव गरेको हो ।

महानगरपालिकाको मेट्रोन्यूज अनलाइनमा विज्ञापन गरेको प्रतिघण्टा एक सय, प्रतिदिन ५ सय, प्रति महिना ५ हजार र प्रतिवर्ष २५ हजार रुपैयाँ लाग्ने छ ।

यस्तै महानगरले सञ्चालन गर्ने मेट्रो एफ एमको प्राइम टाइममा प्रतिमिनेट २ सय रुपैयाँ र नर्मल टाइममा प्रतिमिनेट २ सय रुपैयाँ लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij