Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माओवादी केन्द्र चितवनको नेता–कार्यकर्तालाई अपिल – बाढी प्रभावितको राहत र उद्धारमा खटिनु !

माओवादी केन्द्र चितवनको नेता–कार्यकर्तालाई अपिल – बाढी प्रभावितको राहत र उद्धारमा खटिनु !

चितवन  : नेकपा माओवादी केन्द्र चितवन जिल्ला समन्वय समितिले आफ्ना नेता, कार्यकर्ताहरुलाई हालै आएको बाढी प्रभावितको राहत र उद्धारमा खटिन अपिल गरेको छ । प्रभावितहरुको उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउनका लागि सहयोग गर्न माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी ‘आरसी’ले एक विज्ञप्ती जारी गर्दै नेता कार्यकर्ता, भ्रातृ एवम् शुभेच्छुक संस्थाहरुलाई अपिल गरेका हुन् ।

‘हाल मौसम परिवर्तन सगै केहि दिन देखि अविरल आएको वर्षाको कारणले रसुवा, नुवाकोट लगायत देशभरि वर्षको कारणले भएको धनजनको क्षति प्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं चितवन जिल्ला समन्वय समिति गहिरो दुःख व्यक्त गर्दछ विज्ञप्तीमा भनिएको छ, –यस प्राकृतिक विपदवाट हुने संभावित क्षतिको पूर्व अनुमान गर्न र भएको क्षेतिको क्षतिपुर्ति र उपचारका लागि आवश्यक सहायोगको लागि नेपाल सरकारले सार्थक पहलकदमि लिहोस् ।’

नैतिक संरचना पुननिमार्णको कामलाई तिव्रता दिइ जनजिविका सिग्र सहज बनाउन माओवादी पार्टी आवाद्ध सम्पूर्ण पाटी, पङ्गक्ती, जवस मोर्चाहरु र संगठित सदस्यहरुलाई स्वयमसेवकको रुपमा सरिक हुन उद्वार र राहतको निम्ती लाग्न विशेष अपिल गरेका छन् ।

भनेसबै मिलेर यस संकटलाई सामुहिक रुपमा सामना गर्ने र जनतालाई प्रक्तिक विपदवाट बचाउने संरश्रण गर्ने र विपदमा परेका लागी सहयता जुटाउने काममा लागी सामाजिक दाहित्व र कर्यव्य ठानी फिल्डमा खट्न निर्देशन पनि दिएका छन् ।

उनले अगाडी भनेका छन् हामी सबै मिलेर यस संकटलाई सामुहिक रुपमा सामना गरौं । बाढी, पहिरो र डुबानबाट मृत्यु, बेपत्ता भएका र उठिबास लागेका नागरिकहरुप्रति सहानुभूति प्रकट गर्दै माओवादी यस्तो घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।

तीन तहकै सरकारबाट यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाउन र थप मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि आवश्यक समन्वय र व्यवस्थित योजना बनाउनका लागि माओवादीले आग्रह गरेको छ ।

उनले सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij