चितवन जिल्लाको एकमात्र कन्या कलेज ” मैयादेवी कन्या कलेज” मा शैक्षिक शत्र २०८२/०८३ का लागि कक्षा ११ मा व्यवस्थापन शिक्षा र मानविकी शंकायमा भर्ना खुलेको छ।अनुभवी र योग्य प्राध्यापकहरुद्धारा नेपाली र अङग्रेजी दुवै माध्यममा अध्यापन गराईने यस कलेज चितवन जिल्लाकै एक मात्रै कन्या कलेज हो।

बार्षिक झण्डै पाँचसय भन्दा धेरै विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको यस कलेजले शैक्षिक शत्र २०८२/०८३ का लागि कक्षा ११ मा व्यवस्थापन शिक्षा र मानविकी शंकायमा भर्ना खुलेको कलेजका प्रिन्सिपल भोजराज न्यौपानेले जानकारी दिनुभयो।
उत्कृष्ट अङ्क ल्याउने गरिव तथा जेहेन्दार, अपाङ्ग तथा शहिद परिवार, द्वन्द पीडित दलित तथा जनजाती छात्राहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्तिको व्यवस्था रहेको प्रिन्सिपल न्यौपानेले बताउनुभयो।
कलेजले A+ ग्रेड ल्याउने छात्रालाई भर्ना शूल्कमा शतप्रतिशत छुट र ६ महिनाको छात्रवृत्तिको व्यवस्था समेत गरेको छ। A ग्रेड ल्याउने छात्रालाई भर्ना शूल्कमा शतप्रतिशत छुट तथा B+ ग्रेड ल्याउने छात्रालाई भर्ना शूल्कमा ५० प्रतिशत छुट रहेको छ भने बाहिरी जिल्लाबाट आउने छात्रालाई भर्ना शुल्कमा २० प्रतिशत छुटको व्यवस्था रहेको न्यौपानेले जानकारी दिनुभयो।
जिल्ला प्रथम हुने छात्रालाई भर्ना शुल्कमा शतप्रतिशत छुट सहित सम्मान स्वरुप २० हजार नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ। नेपाल प्रथम हुने छात्रालाई शतप्रतिशत छुट सहित सम्मान स्वरुप ५० हजार पुरस्कारको समेत व्यवस्था गरिएको न्यौपानेले जानकारी दिनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij