Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

ब्याँस जोड्ने घोरेटो बाटो निर्माण कार्य अन्तिम चरणमा

ब्याँस जोड्ने घोरेटो बाटो निर्माण कार्य अन्तिम चरणमा

दार्चुला : दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ ।छाङ्गरुदेखि दुम्लीङसम्म घोरेटो बाटो निर्माण कार्यका लागि चालु आर्थिक बर्षमा नेपाल सरकारले शसर्त अनुदानमार्फत पाँच करोड ५० लाख रुपैँया बजेट विनियोजन गरेको थियो ।ब्याँस गाउँपालिकाले २०८१ फागुन १३ गते बोलपत्र आह्वान गरेपछि मिसन देबहरी जेभी निर्माण कम्पनीले बाटो निर्माणको जिम्मेवारी पाएको थियो ।

गत जेठ महिनाको ५ गते गाउँपालिकासँग सम्झौता गरि व्याँस गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर २ को दुम्लीङ जोड्ने घोरेटो बाटोको अपीखोला, बुदी, गिरकिस्से, पोला, दोपखे, घाँटीबगर, माल्पा, कल्जु लगायतको अप्ठेरो क्षेत्रमा काम भईरहेको छ ।

मिसन देबहरी जे.भी. निर्माण कम्पनीले स्थानीयहरुलाई नै सो क्षेत्रमा बाटो निर्माणको जिम्मा दिएको थियो । अहिले पनि बाटो निर्माणको काम धमाधम भइरहेको छ । छाङ्गरु तिङ्करसम्म पुग्न अझै धेरै ठाउँमा बाटो मर्मत गर्नुपर्ने आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij