फिल्म ‘रिमै’को प्रदर्शन मिति तोकिए पनि अब सो मितिमा रिलिज हुने हो या होइन भन्ने समस्या देखिएको छ । यसको मुख्य कारण, आर्थिक लेनदेन हो । फिल्मको हाल पोष्ट प्रोडक्सनको काममा समेत असर परेको छ । भदौको २० गतेबाट रिलिजमा आउने भनिएको फिल्मको काम रोकिएपछि टिजर रिलिज कार्यक्रम समेत पोस्टपोन्ड भएको छ ।
सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रा.लिले निर्माण गरेको फिल्ममा वितरण कम्पनी आर.आर फिल्मस्को पनि सहकार्य थियो । यसका लागि आर.आर फिल्मस्ले फिल्मस्ले १ करोड ३५ लाख समेत दिइसकेको थियो ।
तर, पछि आर.आर फिल्म प्रोडक्सनको मञ्जुरीवना निर्माताले आफूखुसी फिल्मको डिजिटल राइट्स र विदेशको अधिकार विक्री वितरण गरेपछि संझौता भंग गरिएको थियो । यसमध्ये, निर्माताले आर.आर फिल्मस्लाई फिर्ता गर्नुपर्ने रकम मध्ये १ करोड २५ लाखको चेक दिएपनि त्यो रकम भुक्तानी भएको छैन ।
यहीकारणले, आर.आर फिल्मस्ले विभिन्न निकायमा उजुरी दिएको छ । आर.आर फिल्मस्को उजुरीपछि फिल्मको प्रदर्शन मिति नै अन्योलमा परेको छ । चलचित्र निर्माता संघदेखि चलचित्र कलाकार संघसम्म आर.आर फिल्मस्ले उजुरी दिएको छ । अब, निर्माता र वितरकविचको आर्थिक लेनदेनको कारोबार नसुल्झिएसम्म फिल्म रिलिज गर्न गाह्रो हुने देखिएको छ ।
खिलबहादुर गुरुङको लेखनमा उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्ममा दयाहाङ राई, रिस्मा गुरुङ, वुद्दि तामाङ, गौमाया गुरुङ, अर्पण थापा लगायतका कलाकारहरूको अभिनय छ । फिल्मको फस्टलुक समेत रिलिज भइसकेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij