Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

बालबालिकाको उचाइ बढाउने खानेकुराहरु

बालबालिकाको उचाइ बढाउने खानेकुराहरु

बच्चा तथा बालबालिका अगाडि बढ्नुमा हरेक आमा बाबुले आफ्नो जिम्मेवारी भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । हरेक बच्चा एक वर्षमा २.५ इन्च उचाइ बढ्छ । उसको उचाई बढ्नमा हर्मोन, पोषण, ब्यायामका साथै स्वास्थ्यमा भर पर्छ त्यसका लागि बिभिन्न पौष्टिक तत्व खुवानुपर्ने हुन्छ ।

दूधजन्य पदार्थ बच्चाको सम्पूर्ण विकासका लागि दूधका साथै दूधबाट बनेका परिकारहरु पनिर, मख्खन, चीज, दही जस्ता खानेकुराको जरुरत हुन्छ जसमा प्रटिन तथा क्याल्शियम हुनछ । जसले बच्चाको मांशपेशी र हड्डी बलियो बनाउनुका साथै उचाइ बढ्नमा मद्दत गर्छ ।

अण्डा अण्डामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन बी, बी२, रिबोफ्लाबिन आदि जरुरी तत्व हुन्छ । जसको नियमित सेवनले बच्चाको उचाई बृद्धि गर्न मद्दत गर्छ ।

गेडागुडी शारीरिक वृद्धि विकासका लागि अर्को महत्वपूर्ण खानेकुरा गेडागुडी हो । गेडागुडीमा प्रशस्त मात्रामा फाइबर र क्याल्सियम पाइने भएकाले यी हाडजोर्नीको विकासमा सहयोगी हुन्छन् ।

चिकन चिकनमा भरपुर मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ पाइन्छ । जसले बच्चाको शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले बच्चालाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ ।

केरा केरामा प्रशस्त मात्रामा बिभिन्न प्रकारका भिटामिन पाइन्छ । यसको नियमित सेवनले प्राकृतिक रुपमा उचाई बृद्धिमा सहयोग गर्न मद्दत गर्छ । र केरामा म्मयाग्नेशियम, पोटाशियमका साथै क्याल्शियम जस्ता पोषक तत्व पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij