कञ्चनपुर : महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ।विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।
“साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।” उनले भने, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।” यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो । रासस
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij