Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

हवाई सेवा देशको कूटनीति र देशको छवि हो: सांसद किराँती

हवाई सेवा देशको कूटनीति र देशको छवि हो: सांसद किराँती

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको छ । जसबारे बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्त्वपूर्ण रहेको बताए ।

नेपाल कालोसूचीबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको उनले बताए । विधेयकलाई हतार गर्ने नाममा त्रुटिपूर्ण बनाउन नहुनेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij