काठमाडौँ : लामो समयदेखि मुटुको समस्याबाट पीडित कलाकार शकुन्तला शर्मालाई चलचित्रकर्मी कल्याणकारी कोषबाट नगद ७५ हजार सहयोग गरिएको छ । शर्मालाई बुधबार उनको लाजिमपाटस्थित निवासमा पुगेर उक्त सहयोग प्रदान गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्ड सदस्य सन्तोष लोहनी, वीरेन्द्र भट्ट, कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसालले, कलाकार निर्देशक दीपाश्री निरौला, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा लगायतले सहयोग हस्तान्तरण गरे ।
कोष चलचित्र विकास अन्तर्गत रहेको छ । कलाकार शर्मा लामो समयदेखि मुटुका दुवै भल्वमा समस्या भई लामो समयदेखि उपचार गराइरहेकी छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij